
मंसिर २९, दाङ ।
दाङमा गुडिरहेको एउटा बसमा आज आगो लागेको छ। तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख २३७४ नम्बरको बसमा साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं १३ बखरियामा आगो लागेको हो।
बसका चालक पतिराम चौधरीले बसमा एकाएक आगो देखिएपछि बस रोकेर यात्रु झारेको जानकारी दिए। बसमा १२÷१३ जना यात्रुहरू हुनुहुन्थ्यो,’ चालक चौधरीले भने ‘एकाएक आगो बलेपछि मैले सबै यात्रुलाई नआत्तिएर एक एक गरि झर्न सुझाए र कुनै मानविय क्षति भएन।’



अम्विकेश्वरी यातायाता प्रालिद्धारा संचालित बसमा ब्याट्री सर्ट भएर आगलागी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए । यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।









