
पुस ४,गुल्मी ।
गुल्मीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौरमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटना हुदा चालक रेसुङ्गा नगरपालिका –१२ का तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते ४ जनामध्ये २ जनाको गुल्मी अस्पतालमा उपचार भैरहेको छ भने २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।



गौँडाकोटबाट तम्घासतर्फ जाँदै गरेको अटो अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको थाहा पाएपछि नजिकै रहेको सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मका प्रहरी निरीक्षक नारायणप्रसाद सेढाई र नेपाल प्रहरीका टोलीले उद्धा गरेका थिए ।









