
काठमाडौं ।
गायक प्रताप दासको स्वर र जगत तिरुवाको र्याप रहेको ‘भट्टीवाली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार राम कृष्ण महराको शब्द र सिद्धान्त परियारको संगीत रहेको यो गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ ।
युवायुवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको म्युजिक भिडियोमा दुर्गेश थापा ,रियाशा दाहाल, दिनेश थापा, आयुष, मनोज ओली,उत्तम केसी र अस्मिता बस्नेतको नृत्य छ ।



बुद्ध थापाले छायांकन गरेको डान्सिङ शैलीको भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका छन्। नविन निरौलाले सम्पादन गरेको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।
पुरा भिडियो हेर्नुस:









