
पुष १२ ,पाल्पा ।
ग्रामिण आर्थिक विकास संघ रेडा पाल्पाको संयोजन, तानसेन नगरपालिकाको सहकार्य र संयुक्त राष्ट्र संघीय कार्यक्रमको सहयोगमा सञ्चालित युवा स्वरोजगार लक्षित कार्यक्रमका सम्पन्न भएको छ ।
कार्यक्रममा तानसेन नगरसरकारका प्रमुख अशोक कुमार शाहीले कार्यक्रम अन्त्यन्त प्रभावकारी भएको बताउनु भयो । ऊहाँले बेरोजगार भई बसेका उर्जावान युवाहरुका लागि कार्यक्रम प्रभावकारी भएको धारणा व्यक्त गर्नु भयो । प्रमुख शाहीले युवा उद्यमशीलता बारे स्वयं युवाहरुमै सचेतनाको कमी भएकाले कार्यक्रममा न्यून सहभागिता भने देखिएको बताउदै ‘कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएका र स्वदेशमै स्वरोजगार बन्न चाहेका युवाहरुलाई सीप र क्षमता विकासका साथै स्वरोजगार बन्ने अवसर यो कार्यक्रमले दिएको छ ।’ कार्यक्रमा जुन रुपमा युवाहरुको सहभागिता हुनुपर्ने त्यसो हुन नसके पनि समग्रमा कार्यक्रम राम्रो र प्रभावकारी रहेको प्रमुख शाहीले बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रोजशकुमार अर्यालले यस्ता कार्यक्रमको प्रभावकारितालाई अझ बढाएर लैजानुपर्नेमा जोडदिनुभयो ।रेडा पाल्पाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले तानसेनका सबै वडाबाट युवाहरुको सहभागितामा यो कार्यक्रमले पारेको प्रभाव र भावी योजनाका विषयमा जानकारी गराउनु भयो ।












