
पाल्पा १२ पुष



पाल्पाको रैनादेबि छहरा गाउपालिका वार्ड न ८ सत्यवतीमा खुर्साने सामुदायिक स्वास्थ्य ईकाई को उटघाटन कार्यक्रम सम्पन्न भएको छ । पालिकाले बनाउन लागेको स्वास्थ्य ईकाई उटघाटन गाउँ पालिका अध्यक्ष्य राम बहादुर कार्किले गर्नुभयो ।
वडाको आफ्नै स्वास्थ्य ईकाई नहुँदा सेवाग्राहीलाई सास्थी भएको बेला खुर्साने सामुदायिक स्वास्थ्य ईकाई निर्माणको लागी उद्धघाटन गरिएको हो ।
सामुदायिक स्वास्थ्य ईकाई उद्धघाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष्य चेत कुमारी थापाले अब स्वास्थ्य सेवा लागी यस क्षेत्रका जनतालाई केहि सहज हुने बताउनुभयो ।
रैनादेबि छहरा गाउपालिकाको अति दुर्गम क्षेत्र मानिने वडा न ६ जुठापौवा र वडा न ८ को खुर्सानेमा गाउपालिकाको आफ्नै रकम खर्च गरि स्वास्थ्य सेवा को पहुचको लागि करिब १० लाख खर्च गरि सामुदायिक स्वास्थ्य ईकाईको निर्माण गर्न लागिएको गाउँ पालिका का स्वास्थ्य शाखा प्रमुख जिबन राना ले बताउनुभयो ।
कार्यक्रममा गाउँ पालिका अध्यक्ष्य , उपाध्यक्ष्य, स्वास्थ्य शाखा प्रमुख वडा अध्यक्ष , पाटी प्रतिनिधि हरु तथा स्थानिय हरुको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको स्वास्थ्य शाखा प्रमुख जिबन राना ले बताउनुभयो ।









