
पुष १३,कञ्चन ।
कञ्चन गाउपालिका स्तरिय खुल्ला भलिवल प्रतियोगिता अन्तर्गत सोमबार चार खेल सम्पन्न भएका छन।
गुरुङहरुको महान पर्व तमु ल्होसारको अवसरमा सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन–४,रुपन्देही द्वारा संचालन भइरहेको खेलमा रिभरसाइड युवा क्लव,नव प्रतिभा युवा क्लव,कञ्चन २,प्रगती मा.बि. कञ्चन–२ र सूर्यमुखी युवा क्लव,कञ्चन–१ विजयी भई दोश्रो राउण्डमा प्रवेश गरेको सुनगाभा सामुदायिक बिकास केन्द्र,युवा समितिका खेम बहादुर क्षेत्रीले जानकारी दिनु भएको छ।



बिजेताले नगद २० हजार रुपैया पाउने प्रतियोगिताको सोमबार रिभरसाइड युवा क्लव,कञ्चन ४ र हिमालय सामुदायिक बिकास केन्द्र,कञ्चन ४ बिच भएको पहिलो खेलमा रिभरसाइड युवा क्लव,कञ्चन ४ ले हिमालय सामुदायिक बिकास केन्द्र,कञ्चन ४लाई २– ० को सोझो सेटमा पराजित गरेको छ भने बगिया फुटवल क्लव,कञ्चन ४ र नव प्रतिभा युवा क्लव,कञ्चन २ बिच भएको दोश्रो खेलमा नव प्रतिभा युवा क्लव,कञ्चन २ ले बगिया फुटवल क्लव,कञ्चन ४लाई २–१ को सेटमा पराजित गरी दोश्रो राउण्डमा प्रबेश गर्न सफल भएको आयोजकले जनाएको छ ।
त्यस्तै प्रगती मा.बि.कञ्चन २ र एकता युवा क्लव,कञ्चन ५ बिच सोमबार नै भएको तेश्रो खेलमा एकता युवा कलवलाई २–१को सेटमा पराजित गरी प्रगती मा.बि. विजयी भएको छ भने कञ्चन युवा क्लव,कञ्चन ४ र सूर्यमुखी युवा क्लव,कञ्चन १ बिच भएको खेलमा सूर्यमुखीले कञ्चनलाई २–०को सोझो सेटमा पराजित गरेको सुनगाभा युवा समितिका खेम बहादुर क्षेत्रीले जानकारी दिनु भएको छ।

आयोजकका अनुसार प्रतियोगिताको तेश्रो दिन मंगलवार सुनगाभा सामुदायिक बिकास केन्द्र ए र प्रगती मा.बि.बिच पहिलो खेल हुने छ भने दोश्रो खेल चेतनशिल युवा क्लव र सूर्यमुखी युवा क्लव बिच हुनेछ । यसैगरी रिभरसाइड युवा क्ललव र बुद्धदीप ईंलिस बोर्डिंग स्कूल बिच र नव प्रतिभा युवा क्लव र बुद्धनगर सामुदायिक टोल बिकास संस्था बिच खेल हुने छ।
कञ्चन गाउपालिकाका बिभिन्न १४ भलिवल समूहहरुले सहभागिता जनाएको प्रतियोगितामा प्रतियोगितामा बिजेताले नगद २० हजार रुपैया र उप विजेताले नगद १५ हजार रुपैया,मेडल तथा प्रमाणपत्र पाउने छन भने तेश्रो हुनेले नगद ८ हजार र सान्त्वना हुने टिमलाई नगद ५ हजार रुपैया प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।








