
पौष १३,पाल्पा
पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकाको हेक्लाङ र देवीनगरमा चोरी भएको छ गत पौष ११ गते शनिबार राति पुर्वखोला(६,हेक्लाङका विभिन्न स्थानमा घर तथा पसल फोरेर धनमाल चोरी भएको हो । खुमडाँडाका भद्र बहादुर पुलामीको होटेलबाट रु।१५ हजार नगद,सालबासका सञ्चीसरा वि।क।को घरबाट रु। २ हजार,टेक बहादुर गाहाको घरबाट रु। ५० हजार,ट्राभल्सको टिकट र नागरिकता समेत,पूर्ण बहादुर फालको होटेलबाट नगद पाँच सय र खाद्य सामाग्री,चेत बहादुर फालको किराना पसलबाट एक तोला सुनको अौंठी,नगद छ हजार र पेन्सन पट्टालगायतका कागजात,भञ्ज्याङ्थोकका भरत सिंजालीको पोखराथोकमा रहेको स्टेशनरीबाट रु। १६ हजार नगद,टेलरिङ्ग पसलबाट रु। तीन हजार नगद चोरी भएको ताहुँ प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक शिव कुमार यादवले बताउनुभएको छ । यसबाहेक धेरै जनाको घर तथा पसलका ढोकाहरु फोरिएको तर चोरी नभएको,ढोका फोर्ने प्रयास गरिएको अवस्थामा भेटिएका छन ।
त्यस्तै त्यहीँ रात पूर्वखोला(४, देवीनगरको बजार क्षेत्र र माथिल्लो लेमधेममा पनि चोरी भएको छ।जनजागृति स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाको कार्यालय फोरेर नगद १ हजार ४ सय,सन्तोष लम्काहको पसलबाट नगद १५ हजार र १० हजार बराबरको सामान,भगवती रानाको २ तोला सुन तथा नगद १५ हजार,छविलाल सिङ्जाली,टीका सिङ्जाली,मान ब।कवर,टिकुमाया कवर,सूर्य सिङ्जाली,दिपेन्द्र श्रेष्ठ लगायतका १५ वटा घररपसल फोरेर २ लाख ५० हजार बराबरको सुन तथा नगद चोरी भएको ईलाका प्रहरी कार्यालय पूर्वखोलाले जनाएको छ।कसले कति खेर चोरी गरेको थाहा नपाएको र बिहानपख मात्र ढोका खुल्ला देखेर घर भित्रको सामान हेर्दा नभेटिएकाले चोरी भएको थाहा भएको छविलाल सिङ्जालीले बताउनु भयो ।चोरी भएको सुचना पाउनासाथ पुर्वखोला प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगि अनुसन्धान भइरहेको प्रहरी चौकीले बताएको छ।चोरी गर्ने जोसुकै भए पछि सुक्ष्म तरिकाबाट अनुसन्धान गरि कारबाही गरिने वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।
यस अघि पाल्पाकै बराङ्दी क्षेत्रमा पनि चोरी भएको समाचार आएको थियोे । यसरी चारैतिर चोरको बिगबिगी बढेपछि स्थानीय जनसमुदायमा त्रास बढेको छ ।












