
लमही ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।
दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा हुनेछन् ।



तुलनात्मक रुपमा सुदूरपश्चिम गण्डकी प्रदेशभन्दा बलियो टोली हो । त्यसैले आजको खेल रोमाञ्चक हुने छ । आज नै हुने दोस्रो प्रदेश १ र वागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो २ बजे सुरु हुनेछ ।
नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ उपाधि दावेदारको रुपमा हेरिएको छ ।








