
बुटवल ।
नेकपा प्रचण्ड–माधव समुहका नेता तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले गरेको असंबैधानिक कदमलाई बढीमा ३ महिनामा फिर्ता गराउने दावि गर्नु भएको छ।
नेकपा प्रचण्ड–माधव समुहले देश व्यापी आयोजना गरेको विरोध कार्यक्रम अन्र्तगत बुटवलमा आयोजीत कार्यक्रममा बोल्दै उहाँले घरमा झगडा भयो भनेर संम्बिधानमा आगो लगाउने काम प्रधानमन्त्री ओलीबाट भएको समेत बताउनु भएको छ ।संबिधानमा हुदै नभएको व्यवस्थालाई प्रधानमन्त्रीले कुल्चदै लत्याउदै संसद भंग गरेकाले न्यायालयवाट नै संसद पुर्नस्थापना हुने धारणा राख्नु भयो ।



विरोध सभामा वोल्दै नेता भुसालले राजाले गरेको संसद विघटन त पुर्नस्थापना भएको यो मुलुकमा रैतीले गरेको प्रतिनिधिसभा विघटन न्यायालयवाट स्थापित नभए सडक संघर्षवाट भएपनि गरिने जिकिर गर्नु भयो ।
पार्टीका सचिव नारायण जिसी निर्मलको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा केन्द्रिय सदस्य वामदेव क्षेत्री घिमिरे,लगायतले ओलीको कदमले प्रतिगमनकारीलाई टेवापुग्ने धारणा राखेका छन् ।
राजमार्ग चौराहावाट शुरु भएको विरोध प्रदर्शन ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।









