
काठमाडौं ।
विभाजित सत्तारूढ नेकपाभित्र कार्यक्रम र आन्दोलनको प्रतिस्पर्धा नै सुरु भएको छ । यसैबीच नेकपाको विभाजित समूह पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछन् ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने कदमकविरूद्ध प्रचण्ड नेपालले पुस १० गतेदेखि आन्दोलनको घोषणा गरेका थिए ।



मङ्गलबार जनप्रदर्शनका साथ विरोध सभाको आयोजना गरेर पहिलो चरणको आन्दोलन सकेपछि आज पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बसेर अर्को चरणको आन्दोलनको तयारी गर्न थालेका हुन् ।
आजै आन्दोलनको कार्यक्रम घोषणा हुने स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिएका छन् । दिउँसो ३ बजे दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा हुने बताइएको छ ।
उता प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पनि सातै प्रदेशमा संयोजक तोकेर जनपरिचालनलाई तीव्रता दिएको बताएको छ ।








