
पुष १५ ,काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० फारम खुला गरेको छ ।आज सार्वजनिक गरिएको आइतबारको बोर्ड निर्णयानुसार भोलि १६ पुसदेखि २१ माघसम्ममा फाराम भरिसक्नु पर्नेछ ।विगतमा साउनमै खुल्ने गरेको फारम यस पटक कोभिड–१९ महामारीका कारण पुसमा खुल्ला गरेको हो। फारम शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ।बोर्डका अध्यक्ष डा। चन्द्रमणि पौडेलका अनुसार भर्खरै फारम खुला गर्ने निर्णय भएकाले जेठअघि परीक्षाको सम्भावना छैन । ‘कोभिड– १९ का कारण अध्ययन नै भएको छैन हाम्रो आकलन परीक्षा हुन कम्तीमा जेठ त कुर्नै पर्छ,’ पौडेलले भन्नुभयो । सामान्य अवस्थामा एसईई परीक्षा चैत्रमा हुँदै आएको थियो











