
काठमाण्डौ ।
आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ ।



समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट पश्चिमका देशहरुले नयाँ वर्षलाई स्वागत गर्दैै मनाइरहेका छन् । सुदूरपूर्वी मुलुक न्यूजील्याण्ड, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, उत्तर कोरियालगायतका देश हुँदै मध्य र पश्चिमी विश्वका देशहरुमा इश्वीको नयाँ वर्षलाई स्वागत गरिएको छ।

सबैभन्दा पहिले अष्ट्रेलिया र न्यूजील्याण्डले सँधै झै यस वर्षको नयाँ नयाँ सूर्योदयलाई स्वागत गरे । संसार निन्द्रामै रहँदा यी दुई देश हुँदै सुदूर पूर्वी देशहरुले सन् २०२१ को नयाँ विहानीलाई स्वागत गरेका हुन् ।
केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा अंग्रेजी नयाँ वर्ष मनाउने चलन बढेको छ ।








