
दाङ ।
लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदै छन् ।
पहिलो खेलमा समूह ‘ए’ को विजेता एपीएफले समूह ‘बी’ को उप विजेता सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने छ ।



यस्तै अर्को खेलमा समूह ‘बी’को विजेता प्रदेश एकले समूह ‘ए’ को उप विजेता लुम्बिनीसँग खेल्ने छ । ८ वटा टिम सहभागी यस प्रतियोगितामा विभागीय क्लब एपीएफ, प्रदेश एक, लुम्बिनी र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका छन् ।आजको विजेताले भोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ ।
उप–विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५–२५ हजार रुपैयाँ पाउनेछन् ।








