
काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली निकट विद्यार्थी संगठनले आज काठमाडौंमा वृहत् कार्यकर्ता भेला गर्ने भएको छ।
बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो १२ बजे सुरु हुने भेलामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने अनेरास्ववियु केन्द्रीय कमिटीले जनाएको छ।



ओलीको प्रतिनिधिसभा विघटनको कदमका कारण नेकपा विभाजित भएपछि अनेरास्ववियुले ठूलो संख्यामा केन्द्रीय सदस्यहरु मनोनित गरेको छ।
प्रतिनिधिसभा विघटनपछि नेकपाको प्रचण्ड–नेपाल पक्ष विरोधका कार्यक्रमा केन्द्रित बनेको छ भने ओली समूहले चुनावी सभाको झल्को दिने गरी कार्यकर्ता भेला गरिरहेको छ।








