
पुष १९,बुटवल ।
जिल्ला भरिका उद्योगीहरुको छाता संस्था रुपन्देही उद्योग संघले रुपन्देहीका सबै पालिकामा आफ्नो गतिविधि अगाडी बढाउन सुरु गरेको छ । रुपन्देहीको औद्योगिक बिकासका लागि स्थानीय सरकार संग सहकार्य र साझेदारी गर्ने उद्देश्यका साथ संघले यस्तो अभियान थालेको हो ।
अभियानको पहिलो कार्यक्रम कञ्चन गाउँपालिका स्थित दानापुर ताल रुपन्देहीबाट एक समारोहकाबीच शुभारम्भ गरिएको थियो । औद्योगिक बिकासमा स्थानीय सरकारको भुमिका कस्तो हुन सक्दछ भन्ने बिषयमा स्थानीय सरकारका प्रमुख र पदाधिकारीसँग छलफल गरी सम्भावनाहरुको पहिचानगर्ने र स्थानीय उद्यमीहरुलाई त्यस क्षेत्रमा लगानी गर्न प्रेरीत गर्ने उद्देश्यले अभियान सुरु गरिएको संघका अध्यक्ष बावुराम बोहोराले बताउनु भयो । वहाँले संघको स्थापना, हालसम्मको गतिविधि र आगामी कार्यक्रमहरु समबन्धमा समेत जानकारी गराउनु भएको थियो ।



कन्चनगाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षत्रीले कन्चन गाउँपालिकामा पर्यटन र कृषि जन्य उद्योगहरुको प्रचुर सम्भावना भएको जानकारी दिदै उद्योगमा लाग्न चाहनेहरुका लागि तालिम लगायतका बिषयमा पालिकाले सहयोग गर्ने बताउनु भयो ।
संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले लुम्विनी प्रदेशका सबै पालिकाहरुमा औद्योगिक सम्भावनाको खोजी गरीने र स्थानीय श्रोत र साधनको प्रयोग गरी बेरोजागर युवाहरुलाई स्वरोजगार बनाउन नेपाल उद्योग परिसंघले समेत सहकार्य गर्ने बताउनु भयो ।

कार्यक्रममा रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष तेज कुमार पाठकले विगतमा संघले औद्योगिक विकासमा खेलेको भूमिका बारे आप्mना धारणा राख्नु भएको थियो ।
कन्चन गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले, हाल विद्यमान कानूनको परिधिमा रहेर कञ्चन गाउँपालिकाले औद्योगिक विकासमा जस्तो सुकै कार्य गर्न पनि तयार रहेकाले सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा धन्यवाद मन्तव्य राख्नुहुँदै संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेलले स्थानीय कृषि उत्पादनको ब्यावसायीकरण, पालिकाहरुमा औद्योगिक बिकासका लागि औद्योगिक क्षेत्रहरुको स्थापनाका लागि स्थानको पहिचान जस्ता कार्यमा यो अभियानले सहयोग पु¥याउने बताउनु भएको थियो ।
संघका महासचिव जिवकान्त काफ्को संचालनमा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, स्थानीय उद्योगी एवं परिवारका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
स्थानीय सरकारसँग समन्वय गरी औद्योगिक विकासमा सहकार्य गर्ने र उद्यमशिलता विकास, रोजगारी श्रृजना, औद्योगिक ग्राम स्थापना एवं कृषि र पर्यटन प्रवद्र्धनका लागि संघले जिल्लाका १६ वटै तहमा यस अभियान संचालन गर्ने संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जानकारी गराउनु भयो ।









