
पुस १९, बुटवल।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
अस्पतालको फिभर क्लिनिक आइसोलेसनमा उपचारको क्रममा बुटवल उपमहानगरपालिका ३ का ६६ वर्षीय पुरुषको आइतबार दिउँसो १२ ः४० बजे मृत्यु भएको अस्पतालका मेसु डा राजेन्द्रप्रसाद खनालले जानकारी दिए ।



ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि उनी शनिबार अस्पतालमा भर्ना भएका थिए । शनिबार नै उनीमा कोरोना संक्रमण पुष्टि भएको डा खनालले बताए।









