
पुस २१ , बुटवल ।
दुई दिने चित्रकला कार्यशाला गोष्ठी तथा रुपन्देही कला महोत्सव २०७७ रुपन्देहीमा शुरु भएको छ । कार्यशालाको एक समारोहका बिच मंगलवार समाजसेवी तथा जनप्रतिनिधि ज्ञानु लिगलले उद्घाटन गर्दै नेवारी कला र संस्कृति जगाउदै पर्यटनसंग जोडेर लैजानुपर्ने सुझाव दिईन ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग र अरनिको स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना तथा नेवा पुच नेवा समाज विकास परिषद र नेपाल ब्यावसायीक कलाकार संघको सहयोगमा आयोजना गरिएको कार्यक्रम पुस २१ र २२ दुई दिनसम्म संचालन हुने र कार्यशालामा कलाकारहरुले नेपाली, नेवारी संस्कृति र परम्परा झल्काउने ३० बढी चित्रहरु बनाउने पुचका अध्यक्ष काजिमान श्रेष्ठ बताए ।



श्री नेवा पुच कार्यालय भवनमा सुरु भएको कार्यशालामा परिषदका सदस्य तथा चित्रकला विभागका प्रमुख सुश्मा राजभण्डारीले ललित कलालाई विकास गर्ने योजना अनुसार विविध कार्याशालाहरु अघि बढेको बताईन। सरकारलाई समन्वयको पाठामा संस्थागत रुपमा सहयोगीका रुपमा प्रतिष्ठानले काम गर्दै आएको उनले बताईन ।









