
बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरमा सवारी दुर्घटना भएको छ ।
शंकरनगर चोक नजिकै फुटपाथमा रोकिराखेको प्र ०३–०१०२४ च ४०२६ नम्बरको कारलाई भैरहवा तिर बाट बुटवल आउँदै गरेको लु ५३ प ३३५७ नम्बरको स्कुटर ठोक्कीदा दुर्घटना भएको हो ।



दुर्घटनामा परी स्कुटरमा सवार बर्दघाट स्थाही घर भई हाल बुटवल बस्दै आएका ३८ बर्षिय चालक मनोज आले र पछाडि सवार ४० बर्षिय हरि सापकोटा घाइते भएका छन् ।
दुवैजनालाई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राममा लगिएको छ ।









