
दाङ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले प्रतिनिधिसभा बिघटन गर्ने कार्य बेमौसमी बाजा भएको बताएका छन् ।
राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीले आयोजना गरेको पत्रकार भेट्घाट कार्यक्रमलाई लमहीमा सम्बोधन गर्दै केसीले दलको आपसी किचलोले संविधानमै व्यवस्था नभएको संसद विघटन भएको भन्दै पुर्नस्थापना हुनै पर्ने माग समेत गरे ।



पूर्व उप–प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले देशमा स्थिरता कायम राख्नको लागि संविधान सुझबुझका साथ वनाएको स्मरण गर्दै अस्थिरता सिर्जना गर्न दक्षिणी मुलुकले पटक–पटक गरेको मेहनत स्वरुप संसद बिघटन भएको तर्क गरे ।
अध्यक्ष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई हातमा लिए जसरी संसद पुर्नस्थापना हुनै सक्दैन भन्नु दुखद् रहेको भन्दै, राजाले गर्ने काम प्रधानमन्त्रीले गरेको आरोप लगाए ।
मुलुक उल्टो दिशामा हिंडेको भन्दै अध्यक्ष केसीले प्रधानमन्त्रीले संसदको सामना नगरिकन प्रतिनिधिसभा विघटन गर्ने नमिल्ने बताए ।
संविधान बनाउँदा देशमा अस्थिरता नहोस, सरकार लामो समय चलोस भनेरै धेरै प्रक्रिया पार गरेर पनि सरकार बन्ने अवस्था नभएमा मात्रै निर्वाचनबाट ताजा जनादेशमा जाने कुरा उल्लेख भएपनि संविधान नै नपढी संसद बिघटन गरेको उनको आरोप थियो ।









