
पुस २३,बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।



प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई प्रतिगमनको संज्ञा दिदै आन्दोलीत अनेरास्ववियूले बुटवलको ट्राफिक चोकमा मसाल जुलुस प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् ।
कोणसभामा बोल्दै अनेरास्ववियूका केन्द्रिय सदस्य अनुप पोखरेलले ओलीबिरूद्ध आन्दोलन चर्काउने बताए । मसाल जुलुसमा सहभागी कार्यकर्ताहरुले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र सन्की काम भन्दै ओली विरुद्ध चर्को नारा समेत लगाएका थिए ।









