
काठमाडौँ पुष २३ ,
नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउने अन्तिम अवसर प्रधानमन्त्रीले गुमाएको टिप्पणी गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन गर्दै गौतमले अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई नसोधिएकोमा गुनासो गर्नुभयो ।प्रधानमन्त्रीको आलोचना गर्ने गुटमा बसेर आफूले अविश्वासको प्रस्ताव असफल पारेको उहाँले बताउनुभयो । यसपटक अविश्वासको प्रस्ताव लैजाँदा आफूलाई नसोधिएको पनि उहाँको भनाइ थियो ।गौतमले भन्नुभयो ‘उहाँले ९प्रधानमन्त्री० पटकपटक भन्ने गर्नु भएको थियो, अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गरिएमा दुर्भाग्यपूणर् हुनेछ ।’ ‘आफू प्रधानमन्त्रीको ठाउँमा भएको भए राजीनामा दिन्थेँ । मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो ।’ गौतमले थप्नुभयो ।











