
चितवन ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पर्सि आइतबारदेखि चरा गणना गरिने भएको छ ।
चरा गणनाको नेतृत्व गरेको बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष बासु बिडारीकाअनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिने छ ।



चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर गणना गरिँदै छ । जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा तीन वटा समूह बनाएर गणना गरिँदै छ । गणनामा पचास जनाभन्दा धेरै गणक सहभागी हुने बताइएको छ ।
६ दिनभित्र गणना सम्पन्न गर्ने तयारी गरिएको छ । गएको वर्ष चितवनमा ६४१ प्रजातिका चरा भेटिएको थियो ।








