
धनी राम कोरी/
पुस २४,कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको शुद्वोधन गाउपालिका वडा नं ५ हथिहवादोहनी बाट प्रहरीले बरामद गरेको अबैध कुखुरा आज नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल कपिलवस्तु सहितको संयुक्त टोलीले भारत बाट अबैध रुपमा ल्याउदै गरेको वोईलर कुखुरा १७० गोटा अन्दाजी ५ (पाच ) क्विन्टल , अन्दाजी मुल्य रु १,९३,०००्र (एक लाख त्रीयानब्बे हजार ) बराबरको अबैध कुखुरा बरामद गरिएको प्रहरीले जानकारी दिइएको छ ।



अबैध कुखुरालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई जनप्रतिनिधि , पशु क्वारेन्टाइन कार्यालय कुष्णनगरको प्रतिनिधि , जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि र पत्रकार को रोहवरमा जिल्ला प्रहरी कार्यालय को परिसरमा खाल्डो खनी नष्ट गरिएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनु भयो ।









