
पौष २४,अर्घाखाँची ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले वैशाखमा हुने संसदको निर्वाचन रोक्न सक्ने तागत कसैमा नभएको बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगरकमिटी द्वारा आयोजित विस्तारित भेला तथा प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी नेकपामा देशभर देखिएको भारी जनमत बाट प्रचण्ड , नेपाल समूह अत्तालिएर संसदको पुनस्थापना भन्दै रोईकराई गरेको आरोप लगाउनु भयो । संबैधानिक ,व्यवहारीक र अन्तर्राष्ट्रिय हिसाबले पनि प्रतिनिधिसभाको पुनस्र्थापना हुन नसक्ने भन्दै प्रतिनिधिसाभा पुनःस्थापनाको दिवासप्ना नदेख्न आग्रह गर्नुभयो ।



प्रचण्ड ,माधव समुहले एकताको मर्म बिपरित पार्टी भित्र चरम गुटबन्दी गरि पार्टी बिभाजनको अबस्थामा पुर्याएको आरोप लगाउँदै ,उहाँले पार्टी एकता बिरोधि लाई कार्यकर्ता र जनताले ठाउँका ठाउँ बहिष्कार गर्ने बताउनुभयो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टी भित्रै बाट सरकारलाई घेराबन्दीमा पारी काम गर्न नदिएको भन्दै उहाँले विभिन्न कठिनाई र अबरोधका बीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको दावी गर्नु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष चेतनारायण आचार्यले नेपाली कम्युनिस्ट आन्दोनलको मुलप्रवाह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा भएको भन्दै सुर्य चुनाव चिन्ह अरु कसैको हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले प्रचण्ड , माधव समुहले पार्टी फुटाएर गम्भीर गल्ती गरेको गुनासो गर्नुभयो ।

अर्का केन्द्रीय सदस्य रामजी प्रसाद घिमिरेले राष्ट्र ,राष्ट्रियता , पार्टी र जनता लाई प्रचण्ड ,माधव समुह गम्भीर धोका दिएको बताउनुभयो । मुलुकमा बिकास र समृद्धि भएको देख्न नचाहने हरुले बैदेशिक शक्ति केन्द्रको ईसारामा प्रधानमन्त्री र सरकार बिरुद्ध षड्यन्त्र गरेको उहाँको आरोप थियो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगर कमिटीका अध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षता र सचिव मणि पौडेलको संचालन र कार्यालय सचिव झुपलाल खनालको स्वागत मन्तव्यमा कार्यक्रम संपन्न भएको हो ।









