
बुटवल ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जयन्ती रुपन्देहीमा व्यापक रुपमा मनाउने तयारी भएको छ । रुपन्देही बासी नागरिकको नाममा सोमवार बुटवलमा वृहत र्याली सहित सभा गरेर मनाउने तयारी गरेको हो ।
सोमबार दिउसो १ वजे बुटवलको जितगढी किल्लावाट मोटरसाईकल,गाडी सहितको विसाल र्याली बुटवल बजार परिक्रमा गरि योगिकुटी पुगेुर पुनः राजमार्ग चौराहामा आएर पैदल मार्च पास गर्दै पुष्पलाल पार्कमा पुग्ने कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक कृष्ण प्रसाद पुनले जानकारी दिए ।



आयोजकले आईतवार जितगढी स्थित जितगढी पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी बारे जानकारी गराएको हो ।नेपाल राष्ट्र निर्माता पुथ्वी जयन्तीलाई राष्ट्रिय चाडका रुपमा मनाउनु पर्ने र सरकारले त्यस दिन सार्वजनिक विदा दिन पत्रकार सम्मेलनमा माग समेत गरिएको थियो ।
सोमवारको सभामा योगी बलभद्रनाथ, पूर्वमन्त्री प्रकाश चित्रकार,राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ता रुपसिंह थापा, दिपेन्द्र ढकाल, चक्रपाणी भण्डारी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।









