
बुटवल ।
लायन्स क्लब अफ बुटवल स्टार्स र लायन्स क्लब अफ बुटवल संसारको सयुक्त आयोजानमा विद्यालयमा सहयोग प्रदान गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालिका ३ सेमनगर स्थित श्री हाम्रो सगरमाथा प्रथामिक बिद्यालयलाई बेन्च र डेक्स र स्टेशनरी सामाग्री हस्तारण गरीएको लायन्स स्टार्सका अध्यक्ष शुसिल पाण्डेले बताए । सोमबार सेमनगर एक कार्यक्रमको आयोजना गरी क्लवले सहयोग गरेको हो ।
लायन्स ईन्टरनेशनलका संस्थापक मेल्वीन जोन्स को १४२ औ जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रम अनुसार स्कुललाई सहयोग गरेको हो । कार्यक्रमा लायन्स इन्टरनेशनल ३२५ बि २ नेपाल डिष्ट्रक एडभाइजर नवराज न्यौपानेले लायन्स स्टार्सले आफ्नो मुल नारा जाहाँ दुःखछ त्यहा पुग्छ भन्ने मुलनारालाई आत्मसाथ गर्दै सहयोग गरेको बताउँदै आफुले कमाएका केहि प्रतिशत सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्ने र स्टार्सले सहयोग गरेको धारणा राखे ।



कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका –३ का वडा अध्यक्ष टंक तिवारीले लायन्सले सहयोग गरेकोमा अति सहरीता रहेको बताए आगमी दिनमा सहयोको अपेक्षा राखेको र नगरपालीकाले गर्ने नसकेको काम गरेकोमा धन्यबाद दिएका थिए । त्यतै कार्यक्रमा लायन्स संसारका अध्यक्ष प्रकास भट्टराईले ले आफ्नो धारण राखेका थिए ।









