
पुस २७,बुटवल ।
लोकतन्त्रको रक्षाका लागि रुपन्देहीमा ‘नागरिक आन्दोलन’ नामक नागरिक सञ्जाल गठन भएको छ । मुलुकमा एकपछि अर्को गरि बिभिन्न कदमले लोकतन्त्रमाथि खतरा बढेको र ब्यबस्था माथि नै प्रश्न उठ्न थालेपछि यसको बिरोधमा सञ्जाल निर्माण गरिएको हो ।
बुटवलमा सम्पन्न २५ संघसंस्थाको प्रतिनिधित्व सहितको एक भेलाले मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालको संयोजकत्वमा २५ सदस्यीय सञ्जाल गठन गरेको हो ।



सञ्जालको सह–संयोजकमा पत्रकार महासंघ रुपन्देहीका सहसचिब कमल रायमाझी र वुमन केयर नेपालका अध्यक्ष रिता केसी क्षेत्री रहनुभएको छ भने सचिबमा पुष्पलाल मित्रता केन्द्रका सचिब गुनाराम घिमिरे रहनुभएको छ ।
सञ्जालको सल्लाहकारमा बरिष्ठ पत्रकार अधिबक्ता बालकृष्ण चापागाइ,संविधानसभा सदस्य बिनोद पहाडी,नेपाल प्राध्यापक संघका अध्यक्ष डा बुद्धबहादुर थापा,पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रिय अध्यक्ष गोपाल पाण्डे रहनुभएको छ ।
भेलामा बोल्ने बक्ताहरुले प्रधानमन्त्री केपि शर्मा ओलीले संबिधानमाथि गरेको आक्रमणले सिंगो ब्यबस्थामाथि नै प्रश्न उठाएको भन्दै असंबैधानिक कदमका बिरुद्ध नागरिक समाज सडकमा आन्दोलित हुनुपर्ने बताएका थिए ।उनीहरुले अदालतले यो मुद्धाको छिटो टुंगो लगाएर मुलुकलाइ निकास दिनुपर्ने समेत बताए ।
कार्यक्रममा सहभागि संबै संघसंस्थाका प्रतिनिधिहरु सञ्जालको सदस्य रहेका छन् ।संजालले तत्कालै मैनबैत्ती जुलुस र नागरिक सभा गर्ने तयारी समेत गरेको संयोजक खनालले बताए ।









