
बुटवल ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विरामी र कुरुवालाई लक्षित गर्दै मोबाइल चार्जिङ स्टेसन निर्माण भएको छ । रोट¥याक्ट क्लव अफ तिनाउ सिटी र रोटरी क्लव अफ बुटवल साउथले चार्जिङ स्टेशन निर्माण गरेका हुन ।
अस्पतालका विभिन्न ६ स्थानमा निर्माण गरिएको चार्जिङ स्टेशन एक कार्यक्रमका बीच रोट¥याक्ट क्लव अफ तिनाउ सिटीका अध्यक्ष अनुप पाण्डे, रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलले अस्पतालका अध्यक्ष सुर्य भटटराई, मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र खनाललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।



सो अवसरमा बोल्दै अस्पतालका अध्यक्ष भटट्राईले चार्जिङ स्टेशन सामान्य लागेपनि यसको महत्व धेरै रहेको भन्दै यसलाई सुरक्षा प्रदान गर्दै जनताको सेवामा लगाउने बताए । उनले अस्पतालले आम नागरिकलाई सर्वसुलभ र गुणस्तरिय सेवाका लागि अघि बढेको भन्दै सामाजिक कार्य गर्ने रोट¥याक्ट क्लव अफ तिनाउ सिटी र रोटरी क्लव अफ बुटवल साउथलाई धन्यवाद दिए ।
रोट¥याक्ट क्लव अफ तिनाउ सिटीका सचिव मनोरथ अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।









