
दिपक भट्टराई,पाल्पा



रिब्दीकोट गाउँपालिकामा पाल्पाको कोरोना भाईरस कोभिड–१९ विरुद्ध योग प्रशिक्षण सम्पन्न भएको छ | पालुङ्गमैनादी आयुर्वेद औषधालयको आयोजनामा योग गरौ डटेर कोभिड जान्छ हटेर भन्ने मुल नाराका साथ माघ १ गते पर्ने राष्टिय योग दिवस को अवसरमा योग प्रशिक्षण कार्यक्रम पालुङ्गमैनादी आयुर्वेद औषधालयमा आज देखि सन्चालन भएको हो । वडा न ७ का अध्यक्ष निल बहादुर रास्कोटीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रिब्दीकोट गाँउपालिकाका अध्यक्ष नारायण बहादुर जि सि को प्रमुख आतिथ्यता, रिब्दीकोट गाँउपालिकाका उपाध्यक्ष लक्ष्मी खनालको विशिष्ट आतिथ्यता तथा रिब्दीकोट गाँउपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु तथा सदस्यहरुको आतित्थ्यता, समाजसेवी, कर्मचारी लगायतको सहभागितामा थियो ।
कार्यक्रममा पालुङ्गमैनादी आयुर्वेद औषधालयका प्रमुख डा रोमहर्ष नेपाल तथा योग प्रशिक्षक कमला थापाले प्रशिक्षण दिनुभएको छ । उक्त कार्यक्रममा रिब्दीकोट गाँउपालिकाका विभिन्न वडाका २५ जना सहभागीहरुले प्रशिक्षण लिनु भएको छ।
योग दिवसको सन्दर्भ पारेर योगका माध्यमबाट मानसिक तथा शारीरिक रुपमा आफूलाई स्वस्थ राख्नको लागि योग प्रशिक्षण गरिएको हो । माघ १ गते राष्ट्रिय योग दिवस मनाईन्छ । पालुङ्ग मैनादी आयुर्वेद औषधालयको आयोजनामा मंगलबारदेखि शुरु भएको योग प्रशिक्षण अन्तर्राष्ट्रिय योग दिवसको दिन माघ १ गतेसम्म सञ्चालन गरिने छ ।योग गरौं डटेर, काभिड जान्छ हटेर भन्ने मुल नाराकासाथ पालुङ्मैनादीमा आयोजना गरिएको योग प्रशिक्षणमा गाउँपालिकाका बिभिन्न वडाबाट २५ जनाको सहभागिता रहेको पालुङ्गमैनादी आयुर्वेद औषधालयका प्रमुख डा। रोमहर्ष नेपालले बताउनु भयो । रिब्दीकोट गाउँपालिका वडा नं। ७ का वडाध्यक्ष निरबहादुर रास्कोटीको अध्यक्षतामा भएको कार्यक्रमको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जि.सी.ले गर्नुभएको थियो ।









