
पुस २९,बुटवल ।
रुपन्देही डेरी व्यवसायी समिति रुपन्देहीको नवौँ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेसन सम्पन्न भएको छ ।
समितिको साधारणसभा तथा अधिवेसनबाट आगामी कार्यकालको लागि गणेश सिंह भण्डारीको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । जसको उपाध्यक्षमा कृष्ण प्रसाद उपाध्याय, सचिवमा पदम प्रसाद पौडेल, सह सचिवमा विष्णु प्रसाद पाण्डेय र कोषाध्यक्षमा संजोग श्रेष्ठ चयन भएका छन् ।



यस्तै सदस्यहरुमाा पिताम्बर भण्डारी, विनोद प्रसाद बस्याल, कृष्ण प्रसाद पन्त, दिपक पाण्डे, गोविन्द गुरुङ्ग र उमा शर्मा चयन भएका छन् । यस्तै यम प्रसाद शर्मा रहेको लेखा समिति सदस्यमा रमा ज्ञवाली र जिवलाल न्यौपाने चयन भएका छन् ।
निर्वाचित सबैलाई समितीले बधाई तथा शुभकामना ज्ञापन गरेको छ । साधारण सभा तथा अधिवेसनमा बोल्दै रुपन्देही डेरी व्यवसायी संघका संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपानेले दुधको विविधिकरणमा जोड दिएका छन् ।









