
माघ १, अर्घाखाँची



अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोटको नेपाली टोल निवासी विमल नेपालीले कुटपिट गरी आफ्नी आमाको हत्या गरेका छन् ।विमल मदिरा खाई घरमा आएका थिए घरमा बसेकी आमालाई कुटपिट गर्दा आमा हिरादेवी नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यलाय अर्घाखाँचीले पुष्टी गरेको छ ।गएराति आमा र बुबालाई कुटपिट गरी फरार रहेका नेपालीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी माधव वुढाथोकीको नेतृत्वमा रहेको प्रहरी टोलीले नेपालीलाई प्रकाउ गरि प्रहरी हिरासतमा राखिएको स्थानीय युवा व्यवसायी लक्ष्मण पराजुलीले जानकारी दिनुभएको छ ।









