
काठमाडौं ।
सर्ट मुभी ‘एक लभर’ सार्वजनिक गरिएको छ । नेपालको वर्तमान सामाजिक परिघटना समेटेको चलचित्रले नेपालका युवायुवतीको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको विषयलाई उठान गरेको छ ।

निर्देशक रामजी ज्ञवाली र आर्यन अधिकारीको लेखन रहेको चलचित्रमा अभिनेता शाहिल खान, अभिनेत्री अनुपमा भण्डारी, कलाकारहरु राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ ।



चलचित्रमा प्रेमीलाई भेट्न अस्टेलिया जान खोजेकी एक युवतीले नेपालका एक धनाढ्य युवालाई प्रेमको नाटक गरी लाखौं खर्च गराएर जब अष्ट्रेलिया पुग्छे, त्यसपछि उसले नेपालका प्रेमीलाई एकाएक छोडिदिन्छे । तर, एक वर्षपछि जब ती युवती नेपाल फर्किएर पुराना प्रेमी खोज्दै आउँछे, त्यसबेला पहिलाका प्रेमीले बिहे गरेर अर्कै जिवन बाँचिरहेका हुन्छन् ।

रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद ज्ञवालीको निमार्णमा तयार भएको ‘एक लभर’ आधा घण्टा लामो रहेको छ । नेपाली समाजमा निरन्तर घटिरहेका यस्ता घटनालाई चलचित्रमा उठान गरेको निर्देशक ज्ञवालीको भनाइ छ ।
हेर्नुहोस पुरा भिडियो :
https://youtu.be/sbZttytLKvk









