
काठमाडौं।
गायिका लक्ष्मी आचार्यको लोकगीत ‘आफ्नै नाम मन पर्यो’ दर्शकश्रोतामाझ आएको छ। भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री नीता ढुगानाको साथमा गायिका लक्ष्मीको समेत अभिनय देख्न सकिन्छ। थुप्रै कोरससमेत प्रयोग गरिएको भिडियो आकर्षक बनेको छ।

आकर्षक भिडियोसहित सार्वजनिक गीतमा आचार्यलाई कुलेन्द्र विश्वकर्माले स्वरमा साथ दिएका छन्। माया प्रेमका शब्दले भरिएको गीतमा प्रल्हाद सुवेदीको शब्द तथा वसन्त थापाको संगीत रहेको छ।



शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ। गीतको भिडियो पनि फिल्मी शैलीमै तामझामका साथ तयार गरिएको छ।
हेर्नुहोस पुरा भिडियो :









