
बुटवल ।
प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७ को उपाधि बुद्ध टि.भी.ले प्राप्त गरेको छ ।
ग्लोबल आवाज अनलाइनको आयोजना तथा रोटरी क्लब अफ रुपन्देहीको सह–आयेजना शनिबार भएको प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७ मा रेडियो लुम्बिनीलाई ३–२ गोल अन्तरले पराजीत गर्दै बुद्ध टि.भी.ले उपाधि प्राप्त गरेको हो । र्निधारित समयमा दुबै टिमबाट समान ३–३ गोल भएपछि बुद्ध टि.भी.ले रेडियो लुम्बिनीलाई पोनाल्टीमा पराजीत गरेको हो ।



उपाधिसँगै बुद्ध टि.भी.ले नगद रु १५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गरेको भने उपविजेता बनेको रेडियो लुम्बिनीले नगद रु १० हजार, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ ।
त्यसैगरी प्रतियोगितामा बुद्ध टि.भी.का बिक्रम खड्काले उत्कृष्ट खेलाडी, बुटवल टुडेका स्वस्तिक श्रेष्ठले सर्वाधिक गोलकर्ता र रेडियो लुम्बिनीका प्रकाश गौतमले उत्कृष्ट गोलकिप्परको उपाधि प्राप्त गरेका छन् भने राज्य टेलिभिजन अनुशासित टिम घोषित भई सम्मानित भएको छ।
प्रतियोगिताका विजयीलाई पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसाल,निर्देशक श्रृष्टि अधिकारी, सह–प्रायोजक हाइलाइफ फुड्सका अध्यक्ष पंकज ज्ञवालीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको औपचारिक समुद्घाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले गरेका थिए । सो अवसरमा बोल्दै उनले नगरमा मिडिया कप आयोजना हुनु गौरवको विषय बताए । प्रतियोगितामा आयोजक ग्लोबल आवाजसहित १६ मिडिया हाउसको सहभागिता रहेको थियो ।








