
काठमाडौं ।
गायक रामजी खाँडको स्वरमा ‘आफ्नै माया’ बोलको गीत सार्वजनिक भएको छ।
विजयदीप गिरीको शब्द तथा सरोज प्याकुरेलको संगीत रहेको गितमा मनोहर सुनामको एरेन्ज र भोला पौडेलको मिक्सिङ रहेको छ ।



विजयदीप गिरीले निर्देशन गरेको गीतको भिडियोमा नरेन खड्का र सीमा ढकालको अभिनय छ। देवेन्द्र कुँवरको कोरियोग्राफी, प्रकाश खड्काको छायाँकन र विकास ज्ञवालीको सम्पादनमा भिडियो तयार भएको हो ।

भिडियोमा आफूलाई मनपरेकी केटीलाई नरेनले फलो गरेका छन्। पिकनिक तथा पार्टीका लागि नृत्य गर्न सुहाउने गित भएको गायक रामजी खाँडले जनाएका छन्।
हेर्नुहोस पुरा भिडियो :








