
पाल्पा ।
पाल्पामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । रामपुर नगरपालिका ५ बेजाड बस्ने बुद्दी दराईले आप्नै श्रीमती ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको पहरीले जनाएको छ ।
दराईको हत्या गरेको अभियोगमा श्रीमान बुद्दी दराईलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । शनिबार साँझ बुद्धिले बारी खन्ने कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि रामपुर अस्पताल हुँदै लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो ।



रमाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । श्रीमतीको मृत्युपछि श्रीमान्लाई अनुसनधानको दायरामा राखी आवश्यक कारवाही सुरु गरेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।









