
बुटवल ।
पाँचवर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
तिलोत्तमा नगरपालिका– १३ बबनी बस्ने २८ बर्षिय होमबहादुर विकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । । विकले बिहीबार बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ ।कपिलवस्तु वाणगंगा– १२ घर भएका विक बबनीमा बसी मजदुरी गर्दै आएका थिए ।



जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रवीण पोख्रेलका अनुसार बिहीबार अपराह्न ५ बजेतिर घरबाट पसल जान निस्किएकी बालिकी राति नजिकैको खोल्सामा अचेत अवस्थामा फेला परेकी थिईन । राती पौने ८ बजेसम्म नफर्किएपछि परिवारले हराएको भनी प्रहरीलाई खबर गरेका थिए ।
गम्भीर अवस्थामा फेला परेकी बालिकाको हाल काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सुरुमा रुपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा भर्ना गरिएकी बालिकालाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।
अभियुक्तलाई जिल्ला अदालतबाट आइतबार म्याद थप गराई नियन्त्रणमा राखि थप अनुसन्धानका भै रहेको एसपी पोख्रेलले जानकारी दिए ।









