
बुटवल ।
होटल तथा पर्यटन व्यवसायीका समस्या र समाधानका विषयमा बुटवलमा सरोकारवाला निकायका प्रतिनिधिहरुसंग छलफल गरिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजना,, नेपाल पर्यटन बोर्ड लुम्बिनी प्रदेशका प्रमुख, नाटाका लुम्बिनी प्रदेश अध्यक्ष र पर्यटन व्यवसायीहरुको सहभागितामा मंगलबार बुटवलमा छलफल भएको हो ।
छलफल तथा अन्तरक्रियामा बोल्ने होटल तथा पर्यटन व्यवसायीले कोरोनाका कारण पीडित भएका व्यवसायीलाई सरकारले उपलब्ध गराउने भनेकोे पुनर कर्जाबाट बन्चित हुनु परेको गुनासो गरेका छन् । पहुंचमा रहेकाले मात्र सरकारी सेवासुविधा ल्याएको र सर्वसाधारण स्वरोजगार व्यवसायीको पहुंच नहुंदा बन्चित हुनुपरेको गुनासो गरको थिए ।



कोराना भाइरसका कारण पर्यटन व्यवसायीले घरवाहल र बैंकको व्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको बताएका थिए । पर्यटन व्यवसायी राज्यको पहुंचमा नभएको गुनासो गर्दै आन्तरिक पर्यटन प्रवद्र्वन र विकासका लागि गम्भिर बन्न राज्यसंग माग गरेका छन । राज्य सकरात्मक भएमा होटल तथा पर्यटन व्यवसायीका समस्या निराकरण हुनै बताउंदै उनीहरुले उज्यालो शहरको रुपमा विकास गर्न माग गरेका छन ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका लुम्बिनी प्रदेशका प्रमुख लिलाबहादुर बानिया, नाटाका लुम्बिनी प्रदेश अध्यक्ष सागर अधिकारी, होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपाल ,होटल तथा रेष्टेरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष समुन्द्र जिसी लगायतले बोल्दै ले आन्तरिक रुपमा पर्यटनलाई व्यवस्थापन गर्न सकिएमा राज्यलाई फाइदा हुने र पर्यटन व्यवसायीको व्यवसायमा सुधार आउने बताउनुभयो ।
कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, प्रदेश सदस्य रामप्रसाद गौतम, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, प्रथम उपाध्यक्ष बावुराम गौतम द्वितिय उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव माधवकुमार खनाल, सचिव मोहन पाण्डे, खुमानन्द गिरी प्रस सल्लाहकार यमलाल भुसाल लगायतले पर्यटन व्यवसायीको संरक्षण र लगानी सुरक्षाका लागि सरकारले आन्तरिक पर्यटक विस्तार गर्ने योजना ल्याउन माग गर्नु भयो ।









