
बुटवल ।
ढुवानी व्यवसायी समिति, रुपन्देहीको १५ औं बार्षिक साधारणसभा तथा ७ औं अधिवेशन नया नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले श्यामराज हमालको अध्यक्षतामा नया समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा अनिल श्रेष्ठ, प्रथम उपाध्यक्षमा रामकाजी केसी, द्वितिय उपाध्यक्षमा ज्ञानेन्द्र प्रसाद श्रेष्ठ, महासचिवमा रामप्रसाद गैरे९विष्णु०, सचिवमा गोविन्द श्रेष्ठ तथा कोषाध्यक्षमा शंकर लम्साल चयन हुनु भएको छ । यसैगरि सदस्यहरुमा माधव प्रसाद आर्चाय, उज्वल केसी, रामनारायण ठाकुर र कमलराज ढुंगाना निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता केशवराज पोखरेलले जानकारी दिनुभयो ।



नव निर्वाचित कार्यसमितिको बसेको पहिलो बैठकले समितिको सल्लाहाकार र सदस्यहरु मनोनिनत गरेको छ । महासचिव रामप्रसाद गैरेका अनुसार बैठकले सल्लाहाकारमा माधव नेपाल, लोकराज पोखरेल, रामकृष्ण लोहनी र जीतबहादुर भाटलाई चयन गरेको छ भने विकास आचार्यलाई मानोनित कार्यसमिति सदस्य बनाएको छ ।
नवनिर्वाचित अध्यक्ष श्यामराज हमालले आफुले संस्था र व्यवसायीहरुको हितमा इमान्दार भई काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
यस अधि साधारणसभा तथा अधिवेशनको समितिका संस्थापन अध्यक्ष हुतासन रेग्मीले उद्घाटनन गर्नु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि रेग्मीले ढुवानी व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन व्यवसायीहरुको एकतामा जोड दिनु भएको थियो ।
अधिवेशनको बन्दसत्रमा प्रस्तुत महासचिव रामप्रसाद गैरेको बार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन छलफल पश्चायत पारित गरिएको थियो ।









