
पाल्पा ।
पाल्पामा आफैले चलाएको भरुवा बन्दुकले लागेर एक युवकको ज्यान गएको छ । पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको मृत्यु आफ्नै घरमा रहेको भरुवा बन्दुक चलाउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार बिहान ३ बजेको समयमा उनका दाजु नरबहादुर सारुले भरुवा बन्दुकको आवाज सुनी भान्सा कोठामा गई हेर्दा भाई वीरबहादुरको ज्यान गइसकेको थियो ।



मृतक राना मानसिक सन्तुलन ठीक नभएको र अविवाहित रहेको जनाइएको छ । उनले १ नाले भरुवा बन्दुक ल्याई आफ्नै घरको भान्सा कोठामा राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









