
गोपाल भट्टरार्ई,अर्घाखाँची ।
विघटित संसद पूर्नस्थापना नभए मुलुकमा राजनितिक संकट चुलिने भन्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सडक संघर्षलाई चर्काएर लैजाने निष्कर्ष निकालेको छ ।
संसद पर्नस्थापना,राष्ट्रियता,गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा तथा संघियताको खारेज र प्रतिगमनका बिरुद्ध जनमत बढाउने उद्धेश्यका साथ आज जिल्लाका ६ वटै पालिकामा भेला गर्दै यस्तो निर्णय लिएको हो ।



राजमो केन्द्रिय समितिको तर्फबाट अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरव रेग्मी,राजमो नेता शेर बहादुर विसी र केन्द्रिय सदस्य झविलाल थापा सहित जिल्लाका सबै तहका नेताहरुको नेतृत्वमा अर्घाखाँचीका ६ वटै पालिकामा अगुवा कार्यकर्ता भेला गरि माघ महिनाभर संसद पूर्नस्थपनाको पक्षमा जनसंघर्ष चलाउने निर्णय भएको राजमो जिल्ला अध्यक्ष थम्मन केसीले जानकारी दिनुभएको छ ।
आज भुमिकास्थानको पोखेडाँडामा सम्पन्न भेलालाई किसान महासंघका केन्द्रिय अध्यक्ष भैरव रेग्मी,राजमो केन्द्रिय सदस्य झविलाल थापा,जिल्ला सचिव बाबुराम पन्थी लगायतले सम्बोधन गर्दै सरकारको संसद विघटनको कदम नेपाली जनतालाई स्विकार्य नहुने जिकिर गर्नुभएको छ । नगर अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता,उपाध्यक्ष कविराम खनालको स्वागत मन्तव्य र हिमलाल बन्जाडेको संचालनमा सम्पन्न भेलाले भोलीदेखि माघ १७ गते सम्म १० वटै वडामा पार्टीको अभियान संचालन गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा राजमोबाट निर्वाचित वडाध्यक्षहरु,अनेमसंघ केन्द्रिय महासचिव सकुन्तला राना,जनजाती सममेलन महासचिव उषा पुन,अखिल छैठौंका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई,प्रगतीशिल पत्रकार संघका जिल्ला अध्यक्ष जितेन्द्र खत्री लगायतको अतिथ्यता रहेको थियो ।
उता नगर अध्यक्ष गोविन्द थापाको अध्यक्षता,नेत्र वेल्वासेको स्वागत मन्तव्य र बिष्णु आचार्यको संचालनमा सम्पन्न शितगंगा नगर भेलाले भोलीदेखि माघ २६ गते सम्म शितगंगाका १४ वटै वडामा अभियान संचालन गर्ने निर्णय गरेको छ ।
उक्त भेलालाई राजमो नेता शेर बहादुर वि.सी.,जिल्ला उपाध्यक्ष गोपाल पौडेल र जोग बहादुर सारुले मन्तव्य राख्दै राष्ट्र र राष्ट्रियताको पक्षमा यो दल उ दल नभनी संघष गर्न आम जनतालाई आग्रह गर्नुभएको छ । यता नगर अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता,राजेन्द्र नेपालीको स्वागत मनतब्य र रुद्र पराजुलीको सन्चालनमा सम्पन्न सन्धिखर्क नगर स्तरिय भेलालाई सम्बोधन गर्दै राजमो जिल्ला अध्यक्ष थम्मन केसीले संसद विघटन भएसंगै नेपालमा विदेशी शक्ति केन्द्रहरुको चलखेख बढेको भन्दै चनाखो हुन आम जनतालाई अपिल गर्नुभएको छ ।
अहिलेको अवस्थामा संसद विघटन देश र जनताको हित विपरित रहेको उल्लेख गर्दै अध्यक्ष के।सी।ले पछिल्लो राजनीतिक घट्नाक्रम विदेशी शक्ति केन्द्रहरुको इसारामा भएको दावी गर्नुभयो । कार्यक्रममा राजमो नेताहरु यमलाल पोख्रेल,मिना बिसी,जिबनारायण खनाल,कृष्ण खनाल,साजन वली,तुल्सी गैरे,दिलदार हुसेन,पुनबहादुर नेपाली,प्रकाश चुदाँली लगायतले मनतब्य राख्नु भएको थियो ।
त्यस्तै पिताम्बर घिमिरेको अध्यक्षता,सावित्रा घिमिरेको स्वागत मन्तव्य र निमिराज भट्टराईको संचालनमा सम्पन्न पाणिनी गाउँपालिकाको भेलामा राजमो नेता गोविन्द वि।सी। र देवी प्रसाद भुसालले सहजीकरण गर्दै मुलुकमा संघियता आएपछि आर्थिक संकट चुलिदै गएको,भ्रष्टाचार मैलाएकोले संघियता देशमा असफल सिद्ध भएको बताउनुभएको छ ।
उता छत्रदेव र मालारानीमा पनि आजै भेलाहरु सम्पन्न भएका छन् । नेत्र गैरेको अध्यक्षता,कृष्ण भुसालको स्वागत मन्तव्य र गोकर्ण कुमालको संचालनमा सम्पन्न छत्रदेवको भेलामा नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकालले प्रशिक्षण मुलक मन्तव्य राख्दै ओलीले पार्टीभित्रको झगडा मिलाउन नसकेर संविधानमाथि कु गर्नु जनतामाथिको धोका भएको बताउनुभएको छ । यस्तै बिर बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न मालारानीको भेलामा राजमो नेता नरेन्द्र थापाले सहजीरकण गर्नुभएको बताइएको छ ।
माघ १५ गते युवक मोर्चाको मोटरसाइकल ¥याली र ३० गतेको बृहत बिरोध सभालाई सहयोग पुगोस भनेर राजमोले आजको भेला गरेको हुन सक्ने आंकलन गरिएको छ ।









