
काठमाडौं ।
नेपाली काँग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन गर्दैछ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेसले चरण वद्ध रुपमा आन्दोल गर्दै आएको छ ।
आज देशका ६ हजार ७४३ वडामा विरोध प्रर्दशन तथा सभा गर्ने काग्रेसले जनाएको छ । विरोध सभामा घरघरबाट सहभागिता जनाएर प्रभावकारी बनाउन सभापति शेरबहादुर देउवाले अपिल गरेका छन्।



संविधानमा भएको व्यवस्था प्रतिकुलका कार्यमा काँग्रेस एकमत रहेको उल्लेख गर्दै देउवाले असंवैधानिक कदमविरुद्ध एक्यवद्धता प्रकट गर्नसमेत अपिल गरेका छन्।
यसअघि काँग्रेसले पुस १३ गते १६५ प्रतिनिधि सभा क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा क्षेत्र र माघ ३ गते सबै स्थानीय तहहरुमा विरोध प्रदर्शन तथा विरोध सभा गरी प्रतिनिधि सभा विघटनको विरोध गरिसकेको छ।








