
बुटवल ।
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक मात्र नभई चरम अराजनैतिक र अनाधिकृत भएको नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले टिप्पणी गरेका छन् । नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले विहिबार बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीसँग योग्यता नभएको तर अहंकार भएको आरोप लगाए ।
संसद विघट बारे सर्वोच्चमा जारी बहसमा कसैप्रति प्रभावित नहुन न्यायधिसहरुलाई आग्रह गदै नेता थापाले संविधानको रक्षा गर्दै सर्वोच्चले संसद पुनःस्थापनको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीको भँजाहा प्रवृतीले सिँगो देशलाई दुर्घटनातर्फ लगेको बताउँदै उनले प्रधानमन्त्रीको वरीपरी बस्नेहरुले पनि उनलाई त्यस्तो बनाउन सहयोग गरेको तर्क गरे ।



कार्यक्रमको संचालन नगर सचिब ज्योति भण्डारीले गरेका थिए । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।









