
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दसौं गाउँसभा सम्पन्न भएको छ ।गाउँसभामा बजेट समायोजन, महत्त्वपूर्ण योजना संसोधन प्रस्ताव, कानुनि विधेयक प्रस्ताव पेश गरिएका छन् । गत असारको बजेटमा ।गत असारको ६५ करोड बजेटमा १ करोड ६० लाख ९ हजार ५ सय आयमा कमि देखिएकाले बजेट समायोजन गर्नु परेको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो । ८ लाखसम्मका विकास निर्माणका काम उपभोक्ता समितिबाट गर्न सकिने, बैक खाता गाउमै गएर खोलिदिने र उपभोक्ता समितिबाट हुने काममा धेरै सरलीकरण गरिएको अध्यक्ष गौतमले बताउनुभयो ।गाउँपालिकाले खरको छानो विस्थापन, एक घर एक धारोको कार्यक्रम, बोयर बाख्रा स्रोत केन्द्र निर्माण, दुध उत्पादक कृषकलाई, अनुदान, सुन्तला खेति, आलु उत्पादन, नगदे बाली जस्ता कृषि कार्यक्रममा अनुदान दिने निर्यण गरेको छ । यस निर्णयले आम कृषकमा खुसीयाली छाएको छ ।पशुपालनमा देश कै उत्कृष्ट पालिका भएकोमा सबैले खुशि व्यक्त गरेका छन् । २ वटा एम्वुलेन्स सन्चालनबाट गाउबासिलाई पुगेको सेवाबाट सभा सदस्यहरुले सन्तुष्टि व्यक्त गरेका थिए ।केन्द्रीय कानुनको दायरामा सामाजिक विकासका कामलाई प्राथमिकता दिने, विपत व्यवस्थापन जिल्ला प्रशासन र केन्द्रको मापदन्ड अनुसार गर्ने र शिक्षक दरबन्दी समायोजन तुरुन्त गर्ने आदि जस्ता धेरै प्रस्ताब गाउसभामा पेस भएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले बताउनुभयो ।
कोरोना कहरले पालिकाको सेवामा केहि असर परेको भए पनि प्रगतिमा केही कमि नदेखिएको, वार्षिक कार्ययोजना अनुसारनै काम भएको, योजना सम्झौता र ठेक्का समयमै भएकाले बाँकी अवधिमा पनि पालिकाको प्रगति राम्रो हुने बताउदै प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बजेट कार्यान्वयनको मध्यकालिन अवस्था भएकाले चालु आर्थिक वर्षको अर्धवार्षिक तथा गत आर्थिक स्वास्थ्य क्षेत्रको रिक्त दरबन्दि पदपुर्ति हुने काम भैरहेको पनि प्रमुख प्रसासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो।













