
कृष्ण परियार /माघ १०,अर्घाखाँची ।
विप्लव नेतृत्वको नेकपाले आब्हान गरेको बन्दका कारण देशभरको जनजीवनमा सामान्य प्रभाव देखिएको छ । आफ्ना नेताहरुको रिहाईको माग सहित आब्हान गरेको बन्दका कारण जिल्लाको जनजिवन पनि प्रभावित बनेको छ ।
देशका विभिन्न स्थानमा संकास्पद बस्तुहरु फेला परेका छन् ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ चुत्राबेसी अर्घाखाँची अस्पताल अगाडी पनि संकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।




संकास्पद वस्तु फेला परेपछि सो संकास्पद वस्तुलाई नेपाली सेनाको टोली द्वारा डीस्पोज गर्ने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानकारी दिनु भयो।
विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दले जिल्लाको जनजिबन प्रभावित बनेको छ । अर्घाखाँची बाट छुटने छोटो तथा लामो दुरीका सबारी साधन छुटेका छैनन भने शिक्षण सँस्था उद्योग कलकारखानाहरु पनि पुर्णरुपमा बन्द रहेका छन् ।









