
नवलपरासी ।
पूर्वी नवलपरासीको कावासोती –८ खर्कटा जंगलमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गएराति उत्तरबाट दक्षिण जाँदै गरेको ना २२ प ६५५५ मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।



दुर्घटनामा परी कावासोती –३ निवासी २४ वर्षीय हेमराज थापा र कावासोती–८ निवासी २६ वर्षीय सुनिल जैसवालको मृत्यु भएको हो ।
दुर्घटना परी गम्भीर घाईते भएका दुवैजनालाई प्रहरीले उद्धार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पतालमा लगेकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।









