
कृष्ण परियार,अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा पहिलो पटक कोभिड १९, अस्थायी अस्पतालको उद्घाटन भएको छ ।
भुमिकास्थान नगरपालिकाको वडा नं. ४ धारापानीमा ५ बेडको अस्थायी कोरोना अस्पतालको शुक्रवार उद्घाटन गरिएको हो ।



अस्पतालको उद्घाटन गर्दै नगरप्रमुख रेशम थापाले कोभिड १९ बाट संक्रमण भएर आत्तिन नपर्ने बताउनु भएको छ । कोरोनाबाट संक्रमित भएर कुनै समस्या परेमा उपचारका लागि अव कोरोना विशेष अस्पतालको प्रयोग गर्न सकिने बताउनुभयो ।
अस्पतालबाट एमबिबिएस डाक्टर सहितको टोलीले सेवा दिने मेयर थापाले जानकारी दिनुभयो । यस्तै नगर उपप्रमुख खडानन्द बेल्वासेले पालिकाभित्र कोरोना पोजेटिभका विरामीले उपचार गर्न बाहिर जान नपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष बावुराम पन्थी सुनार, प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउत क्षेत्री, स्वास्थ्य संयोजक देव बहादुर थापा, मेडिकल अधिकृत डाक्टर सुमित कुमार रजक,ल्याव टेक्निीसीयन चन्द्र थापा, विभिन्न शाखाका शाखा अधिकृत, नगरपालिकाका कम्प्युटर अपरेटर शेषकान्त घिमिरे “ओशन” लगायत स्वास्थ्य महिला स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।
बर्थिङ्ग सेन्टरका लागि निर्माण भएको भवनलाई कोभिड १९, अस्थायी अस्पतालका रुपमा प्रयोगमा ल्याईएको हो ।









