
गुल्मी ।
सरकारले राम्रो काम गर्ने अवसर नपाएका कारण प्रतिनिधि सभाको विघटन गरेको नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी रेसुङ्गा नगरकमिटी (केपी समूह) गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले पार्टी भित्रैबाट काम गर्ने वातावरण नभएको र चारै तर्फबाट घेराबन्दी गरिएकाले संसद विघटन गर्नुबाहेक विकल्प नरहेको दाबी गरे।



प्रचण्डले आफनो निवासमा गुटको हेडक्वाटर बनाएको र कार्यकारी अध्यक्ष पदको गलत रुपमा प्रयोग गरेको उनले आरोप समेत लगाए ।
सरकारलाई चौतर्फी रुपमा घेराबन्दीमा पारेकोले संसद विघटन गर्नुबाहेक विकल्प नरहेको मन्त्री ज्ञवालीको दाबी रहेको छ।









