
सन्धिखर्क अर्घाखाँची माघ १०
नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको बैठक आईतवार बस्ने भएको छ । जिल्लाका ६१ वटै वडाहरुमा विहिवार गरेको विरोध प्रदर्शनको समिक्षा गर्न र आगामी रणनीति तयार गर्न बैठक बस्न लागेको हो ।जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले सामाजिक सञ्जालमा सुचना जारी गर्दै आईतवार विपि स्मृति भवन सन्धिखर्कमा समिक्षा गर्न लागेको जानकारी दिनुभयो । उहाँले माघ ८ गतेको विरोध सभा सानदार रुपमा सम्पन्न भएको बताउनुभयो । विरोधका कार्यक्रम सम्पन्न गर्न अहोरात्र खटिने पार्टीका पदाधिकारी, जिल्ला सदस्य, भातृ संगठनका नेता, वार्ड समिति, मिडियाकर्मी लगायत सम्पुर्णलाई धन्यवाद समेत प्रकट गर्नुभयो ।बैठकमा जिल्ला समिती, विरोध प्रदर्शनमा खटिएका महासमिति तथा महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय सभापतिहरु, पालिका सभापति तथा संयोजकहरु, वार्डमा खटिएका जिल्ला प्रतिनिधिहरु, ६१ वटै वार्ड सभापतिहरु, प्रेस युनियनका पत्रकारहरु र जननिर्वाचित प्रतिनिधिहरुलाई अनिवार्य उपस्थित हुन उहाँले अनुरोध गर्नुभयो ।
साथै उहाँले वार्डमा खटिएका जिल्ला प्रतिनिधिहरूले कार्यक्रमको उपस्तिथि, फोटो, वक्ता र आफ्नो रायसुझाब लिखित रुपमा जिल्ला पार्टीमा पेश गर्नुपर्ने बताउनुभयो । जिल्लाको निष्कर्ष र निर्णय प्रतिलिपी संलग्न राखि माघ १५ गते भित्रमा केन्द्रिय कार्यालयमा पठाइने समेत जानकारी दिनुभयो ।












