
पाल्पा
लायन्स क्लब अफ श्रीनगरले कालिका मा बि मुझुङमा न्यानो कपडा बितरण गरेको छ । क्लबले बिध्यालय मा पढ्ने १ देखी ५ सम्मका एक सय पचास जनालाइ करिब १ लाख बराबर को कपडा बितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका डिसटृक्त डेपुटीको अर्डिनेटर राजेन्द्र लिगल ले हामि सेवा गरछौ भन्ने उदेश्य ले स्थापना भएको सस्था भएको ले विगतमा पनि यस्तो काम गर्दै आएको बताउनु भयो । लिगलले स्कुलमा सहयोग कार्यक्रम अन्तरगत स्कुलमा न्यानो कपडा बितरण गरि राम्रो काम गरेकोमा केन्द्रको तर्फबाट धन्यवाद दिनु भयो । कार्यक्रममा डिपार्टमेन्ट चिफ हरु भेष राज सुवेदी ,कृष्ण कार्कि, खेम सारुले लायन्स क्लबको बारे चर्चा गर्नु भएको थियो । कार्यक्रम मा बिद्यालय ब्यबस्थापन समिति का अध्यक्ष हुतमान सिह कार्की स्थानीय समाजसेवीहरु बोल्नु भएको थियो । क्लबका उपाध्यक्ष यादब सिंह कार्कीको स्वागत बिद्यालयका प्र.अ. जनार्दन पान्डेको धन्यवाद र क्लब का सचीव कपिल कार्कीको सन्चालन तथा अध्यक्ष तारा बहादुर कुवरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।












